खोटाङको केपिलासगढी गाउँपालिका–२ मा मंगलबार हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको छ। काठमाडौंबाट उडेको हेलिकप्टर अवतरणका क्रममा पल्टिएको हो ।
दुर्घटनामा क्याप्टेनसहित ६ जना सवार थिए। एयर डाइनेष्टिका वरिष्ठ प्रवन्धक वालकृष्ण पण्डित का अनुसार, दुर्घटनामा एक जना घाइते भए पनि बाँकी पाँच जना सकुशल छन् ।
हेलिकप्टर खार्तम्छा बालाबेंसी क्षेत्रमा बनाइएको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। स्थानीयवासीका अनुसार, हेलिकप्टर अवतरण गरेपछि अर्को स्थानमा सार्नका लागि फेरि उड्दा अनियन्त्रित भएर माथिल्लो पाटामा पुगेर पल्टिएको देखिएको छ ।
उक्त हेलिकप्टर नाइन एनएएफक्यू कलसाइनको रहेको एयर डाइनेष्टिले जानकारी दिएको छ। दुर्घटनामा मानवीय क्षति न्यून भएको उल्लेख गरिएको छ । घटनाबारे थप विवरण आउँदै छ ।