जनकपुरधाम, २७ भदौ ।
मिथिला संस्कृतिको महत्वपूर्ण पर्व चौरचनको अवसरमा भदौ २९ गते सोमवार जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाको शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय बिदा दिने निर्णय गरेको हो । नगर कार्यपालिका मातहतका सबै वडा कार्यालय तथा नगर क्षेत्रका विद्यालय बिदा रहने भएपनि स्वास्थ्य सेवा, दमकल, सरसफाइलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।
२
जनकपुरधाम, २७ भदौ ।
भोटेकोशी नदीको बाढीमा बेपत्ता भएका जनकपुरका अजय प्रसाद सिंहकी श्रीमती पूजा साहले आफ्नोे श्रीमानको खोजी तथा उद्धारका लागि सरकारसँग तत्काल पहल गरिदिन अपिल गरेकी छन् । रसुवा– त्रिशुली अपर अन्तर्गत मैलुङ बजार क्याम्प साइटको तल्लो भेगमा स्थलगत खोज तथा उद्धार टोली पठाइदिन आफूहरूले पटक–पटक सरकारसंग आग्रह गर्दै आए पनि १७ दिन बितिसक्दा समेत सुनुवाइ नभएको उनको गुनासो छ । शनिवाबर सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक अपिल गर्दै पूजाले पहु“च नभएका पीडितको पीडा कसले सुनिदिने भन्दै सरकारसमक्ष प्रश्न गरेकी छन् ।
३
महोत्तरी, २७ भदौ ।
महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा शौचालयको सेफ्टी ट्यांकीभित्र टुक्रा टुक्रा पारि लुकाइएको अवस्थमा एक युवकको शव फेला परेको छ । शनिवार फेला परेको उक्त शब भंगहा नगरपालिका–६ बिर्जौनी का २५ वर्षीय विवेक सरदारको भएको खुलेको छ । उनको शव सेफ्टी ट्यांकीभित्र लुकाएर माथिबाट सिमेन्टले प्लास्टर गरिएको थियो । युवकको हत्या अभियोगमा सेफ्टी टयांकी वला घर धनि अशोक ठाकुर र उनका छोरा दीपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको छ । दीपेन्द्रकी पत्निसंग मृतक युवकको निकट सम्बन्ध रहेको प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको छ ।
४
राजविराज,२७ भदौ ।
हिन्दु धर्मावलम्बी नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सप्तरीको अग्नीसाइर कृष्णासवरन २ अवस्थित त्रीरत्न बौद्धगुम्बा सरसफाइ कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ संघ अग्नीसाइर कृष्णासवरन गाउपालिका २ वडा कार्यसमितिले सरसफाइ कार्यक्रम आयोजना गरेको हो । धार्मिक सदभाव, सहिष्णुता र चाडपर्वलाई साझा पर्वको रुपमा मनाउने गरे समाजमा असल र सकारात्मक संदेश प्रवाह हुने, कार्यक्रमा सहभागि नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङले बताए ।

५
राजविराज,२७ भदौ ।
अस्पतालमा पुगेर पनि आर्थिक अभावका कारण अस्पताल बाहिर शिशु जन्माउन विवश सुत्केरी महिलालाई एक समाजसेवी महिलाले राहत सामग्री प्रदान गरेकी छन् । राष्ट्रिय समता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेकी राजविराज ७ निवासी सुनिता साह (क्रान्ति) ले शुक्रवार सा“झ अस्पताल मै पुगेर राजविराज १४ कि सुत्केरी बबिता पासवानलाई राहत सामग्री प्रदान गरेकी हुन । राहत सामाग्रीमा बच्चा र आमाका लागी लत्ता कपडा, झुल, सेनटरीप्याड, साबुन पाउडर, सुत्केरी पौष्टीक आहार र परिवारका लागि करिब एक महिनालाई पुग्ने खाद्यन्न रहेकाछन् । वविताको हाल राजविराज अस्पतालमा नै उपचार भइरहेको छ ।
………………
६
जनकपुरधाम, २७ भदौ ।
जग्गा नाप जा“च भएको करिब ५ वर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ का ३८५ परिवारले जग्गाधनी पुर्जा पाएका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूलाई शनिवार नापी कार्यालय धनुषाले जग्गाको कानुनी स्वामित्व प्रदान गरेको हो । सो वडामा करिब ११ सय जना जग्गा धनिलाई जग्गा धनी पुर्जा प्रदान गर्ने लक्ष्य रहेको नापी कार्यालयले जनाएको छ ।
७
वीरगन्ज,२७ भदौं ।
मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन र हाजिर नगराउन निर्देशन जारी गरेको छ । चालू आर्थिक वर्ष २०८३/०८४ का लागि नया“ अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा कार्यरत जनशक्तिलाई जथाभाबी अन्य कार्यालयमा खटाउने कार्य रोक्न मन्त्रालयले मातहतका सबै स्वास्थ्य निकायलाई पत्राचार गरेको हो । मन्त्रालयका अधिकृत बच्चै लाल साह तेलीद्वारा हस्ताक्षर गरिएको पत्रमा गत असार मसान्तसम्म अस्थायी दरबन्दीमा रहेका कर्मचारीलाई अन्यत्र कामकाजमा खटाउन वा नयाँ कार्यालयमा हाजिर गराउन पूर्ण रोक लगाइएको स्पष्ट पारिएको छ ।
……………….
८
वीरगञ्ज, २७ भदौ ।
९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा ‘सङ्घर्षका लागि एकता–समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष’ भन्ने नाराका साथ बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जनकपुर उद्योग वाणिज्य सङ्घको हलमा शनिवार आयोजित कार्यक्रममा मधेस प्रदेशका पा“च जिल्लाबाट नौ दलका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा दका नेताहरू उपेन्द्र यादव, डा.सीके राउत, प्रभु साह, जनार्दन शर्मा, रेशम चौधरी लगायतले सम्बोधन गरेका थिए ।
………………
९
वीरगन्ज, २७ भदौ ।
पर्साको पर्सागढी नगरपालिका–५ हर्दियास्थित मन्दिर परिसरमा १६ लाख रुपैयाँको लागतमा चौतारी पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालय पर्साको बजेटमा निर्माण गरिएको पार्कको शनिबार सबैया साझेदारी वन उपभोक्ता समितिका उपाध्यक्ष एवं नगरसभा सदस्य असलम आलमले उद्घाटन गरेका हुन् । वातावरण संरक्षण, धार्मिक क्षेत्रको सौन्दर्यकरण तथा श्रद्धालुका लागि विश्रामस्थलका रूपमा पार्क उपयोगी हुने आलमले बताएकाछन् ।
१०
वीरगञ्ज , २७ भदौ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन् । वीरगञ्जमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशिता लगायतका संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै त्यसको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एमाले)संग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै मुलुकको समृद्धि र विकासका लागि सबै कम्युनिष्ट पार्टीबीच कार्यगत एकता आवश्यक रहेको बताए ।