शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्रकुमार साह
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #सुरजकुमार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
भिडियो
  • गृहपृष्ठ
  • भिडियो
  • प्रहरीलाई मोटरसाइकलदेखि लाइसेन्स छपाइ र भारी वर्षाको सतर्कतासम्म | मधेशमा आज | Top 10 Madhesh
प्रहरीलाई मोटरसाइकलदेखि लाइसेन्स छपाइ र भारी वर्षाको सतर्कतासम्म | मधेशमा आज | Top 10 Madhesh
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज ९, २०८३
A1 Beakery Add A1 Beakery Add

०१. मधेश प्रदेश प्रहरीले पाए ३५ वटा मोटरसाइकल

मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गतका विभिन्न प्रहरी युनिटका लागि ३५ थान मोटरसाइकल हस्तान्तरण गरेको छ। शान्तिसुरक्षा कायम गर्न, विपद् व्यवस्थापन प्रभावकारी बनाउन तथा नागरिकसम्म प्रहरीको पहुँच विस्तार गर्ने उद्देश्यले गृह, सञ्चार तथा कानुन मन्त्रालयले मोटरसाइकल वितरण गरेको हो। मन्त्रालयका मन्त्री फकिरा महतोले मधेश प्रदेश विपद्को उच्च जोखिममा रहेकाले अपराध नियन्त्रणका लागि प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री महतोले नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई मोटरसाइकलको चाबी तथा ब्लुबुक हस्तान्तरण गर्नुभयो। डीआईजी अधिकारीले प्रदेश सरकारले उपलब्ध गराएको सवारीसाधनले प्रहरी परिचालन तथा सेवा प्रवाहमा थप सहजता पुग्ने बताउनुभयो।

०२. मधेशमै लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापिए

मधेश प्रदेश सरकारले प्रदेशमै सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स छापेर वितरण सुरु गरेको छ। पहिलो चरणमा श्रम तथा यातायात मन्त्रालयले ३ हजार ८१ वटा चालक अनुमतिपत्र छापेर प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयलाई वितरणका लागि हस्तान्तरण गरेको हो। मन्त्री शारदादेवी थापाले छापिएका लाइसेन्स यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गर्दै सेवाग्राहीलाई यथाशीघ्र वितरण गर्न निर्देशन दिनुभयो। प्रदेशमै लाइसेन्स छपाइ सुरु भएपछि सेवाग्राहीले लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य हुने र सेवा प्रवाह थप सहज हुने मन्त्रालयको अपेक्षा छ। पहिलो चरणमा वीरगञ्जका लागि १ हजार १७२, जनकपुरका लागि ९३२, लहानका लागि ४६०, बर्दिबासका लागि ३०३, गौरका लागि ११९, राजविराजका लागि ५२, मलङ्गवाका लागि ३२ र कलैयाका लागि ११ वटा लाइसेन्स छापिएका छन्।

०३. जनकपुरधाममा फोहरको थुप्रो, धार्मिक पर्यटनमा समेत असर

मधेश प्रदेशको राजधानी जनकपुरधाममा फोहर व्यवस्थापन प्रभावकारी हुन नसक्दा सहरको सौन्दर्यसँगै धार्मिक पर्यटनमा समेत असर परेको छ। जानकी चोक, अस्पताल रोड, पिडारी चोक, रामानन्द चोकलगायत क्षेत्रमा जथाभावी थुप्रिएको फोहरले दुर्गन्ध र लामखुट्टेको समस्या बढाएको स्थानीयको गुनासो छ। उपमहानगरपालिकाले नियमित रूपमा फोहर उठाउँदै आए पनि जथाभावी फोहर फाल्ने प्रवृत्तिका कारण समस्या दोहोरिने गरेको जनाएको छ। स्थानीयले जनकपुरधामको सरसफाइ सुधारका लागि नियमित फोहर सङ्कलनसँगै नागरिकको व्यवहारमा परिवर्तन र दीर्घकालीन फोहर व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

०४. रौतहटमा ईभी र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा ईभी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार २० वर्षीय राजगीर यादव गम्भीर घाइते भएका छन्। गुजरा नगरपालिका–३ स्थित धनसार गेट नजिक निजगढतर्फबाट आउँदै गरेको ईभी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल आमनेसामने ठोक्किएका थिए। घाइते दुवैलाई उद्धार गरी चन्द्रपुरस्थित अस्पताल लगिएकोमा उपचारका क्रममा सन्देशको मृत्यु भएको हो। राजगीरलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

०५. १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्। प्रहरीका अनुसार अंसारीविरुद्ध परेको जाहेरीका आधारमा दायर मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले २०८२ पुस २४ गते १८ वर्ष कैद सजाय, ६ लाख रुपैयाँ जरिवाना र अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो। अदालतको फैसला भएपछि अंसारी फरार रहेका थिए।

०६. वीरगञ्जमा २० लाख ८१ हजार रुपैयाँका खाद्यान्न र औषधि बरामद

वीरगञ्जमा भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएका २० लाख ८१ हजार २२० रुपैयाँ बराबरका खाद्यान्न तथा विभिन्न प्रकारका औषधि प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालित प्रहरी टोलीले बुधबार वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँ र छपकैयाबाट भन्सार छली ल्याइएका सामान बरामद गरेको हो। प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका खाद्यान्न तथा औषधि फेला परेको थियो।

०७. महोत्तरीमा पौने दुई बिघा सार्वजनिक जग्गासम्बन्धी तीन रिट खारेज

महोत्तरीको गौशाला नगरपालिका–५ स्थित विवादित कित्ता नम्बर ११५ सम्बन्धी तीनवटा रिट निवेदन उच्च अदालत जनकपुरधामले खारेज गरेको छ। अदालतको आदेशसँगै नेपाल सरकारको नाममा रहेको करिब पौने दुई बिघा सार्वजनिक जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउने तथा जग्गा संरक्षण गर्ने नगरपालिकाको प्रक्रियालाई कानुनी आधार मिलेको छ। उक्त जग्गा लामो समयदेखि ‘घैला बजार’ अर्थात् तरकारी बजारका रूपमा प्रयोग हुँदै आएको छ। नगरपालिकाका अनुसार करिब ४४ जनाले सो क्षेत्रमा घर, पसल तथा टहरा निर्माण गरी बसोबास र व्यवसाय सञ्चालन गर्दै आएका छन्। रिट खारेज भएपछि जिल्ला प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी अनधिकृत संरचना हटाउने प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

०८. भारी वर्षाको सम्भावना, मधेशसहित विभिन्न क्षेत्रमा सतर्कता

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले मधेश प्रदेशसहित देशभर वर्षा भइरहेको छ। वर्षाका कारण सडक, चोक तथा बजार क्षेत्रमा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। असोज ९ गते बागमती, मधेश र कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावनासहित रेड अलर्ट जारी गरिएको छ। भारी वर्षाका कारण बाढी, डुबान, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

०९. नेशनल मेडिकल कलेजले पीजी प्रथम वर्षका आवासीय चिकित्सकलाई कलेज छाड्न भन्यो

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर अर्थात् पीजी आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ। कलेजले अर्को सूचना जारी नभएसम्म उनीहरूको कक्षा, क्लिनिकल पोस्टिङ, प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीसहित सबै शैक्षिक गतिविधि स्थगित गरेको जनाएको छ। कलेजले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका पीजी आवासीय चिकित्सकलाई फिर्ता बोलाउन आईओएम र त्रिभुवन विश्वविद्यालयसमक्ष औपचारिक अनुरोधसमेत गरेको छ। सूचनाअनुसार चिकित्सकलाई कलेजले उपलब्ध गराएको छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा १२ घण्टाभित्र खाली गर्न निर्देशन दिइएको छ। साथै, कलेजको जिम्मामा रहेका सम्पत्ति बुझाएर व्यक्तिगत सामानसमेत हटाउन भनिएको छ।

१०. चालु आर्थिक वर्षमै मधेशलाई साक्षर प्रदेश घोषणा गर्ने सरकारको लक्ष्य

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमै प्रदेशलाई साक्षर बनाउने लक्ष्यसहित ‘साक्षर मधेश प्रदेश घोषणा निर्देशिका, २०८३’ ल्याएको छ। निर्देशिकाअनुसार १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई साक्षर बनाई आगामी असार मसान्तभित्र मधेशलाई साक्षर प्रदेश घोषणा गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई स्वयंसेवक सहजकर्ताका रूपमा परिचालन गरी ३० कार्यदिनसम्म दैनिक दुई घण्टा साक्षरता कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ। तर, वयस्कलाई विद्यार्थीमार्फत छोटो अवधिमा पढाउने मोडल, तथ्यांकको विश्वसनीयता, पर्याप्त बजेट तथा अनुगमनलगायत विषयमा प्रश्न उठेका छन्।


प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०६:००
#वीरगंज #मधेश प्रदेश #जबरजस्ती करणी #अपहरण #बारा #भारी वर्षा #महोत्तरी #पर्सा #जनकपुरधाम #प्रहरी #भन्सार छली #रौतहट #सडक दुर्घटना #फोहर व्यवस्थापन #लाइसेन्स #नेशनल मेडिकल कलेज #सवारी चालक अनुमतिपत्र #सार्वजनिक जग्गा #बाढी डुबान #साक्षर मधेश प्रदेश
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप भिडियो
जनकपुर–काठमाडौं बसबाट लागुऔषध बरामद, पाँचजना पक्राउ
जनकपुर–काठमाडौं बसबाट लागुऔषध बरामद, पाँचजना पक्राउ शुक्रबार, असोज २३, २०८३
जनकपुरधाममा चक्कु प्रहार, एक जनाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त
जनकपुरधाममा चक्कु प्रहार, एक जनाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त शुक्रबार, असोज २३, २०८३
वर्षाले तरकारी उत्पादन प्रभावित भएपछि ठोरीका किसान चिन्तित
वर्षाले तरकारी उत्पादन प्रभावित भएपछि ठोरीका किसान चिन्तित शुक्रबार, असोज २३, २०८३
हिउँदे मकैमा फौजी किराको आक्रमण, किसान समस्यामा
हिउँदे मकैमा फौजी किराको आक्रमण, किसान समस्यामा शुक्रबार, असोज २३, २०८३
दरबन्दीभन्दा बढी कर्मचारीले भरियो यातायात कार्यालय व्यवस्थापनमाथि प्रश्न
दरबन्दीभन्दा बढी कर्मचारीले भरियो यातायात कार्यालय व्यवस्थापनमाथि प्रश्न शुक्रबार, असोज २३, २०८३
उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने
उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने शुक्रबार, असोज २३, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना वीरगंज सिटी
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा वीरगंज सिटी
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु वीरगंज सिटी
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप वीरगंज सिटी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP