पर्साकाे पर्सागढी नगरपालिका वडा नम्बर ३ बिरुवा चोककी हरिकला साहनीलाई उनका श्रीमान् विश्वराज साहनीले देब्रे खुट्टा काटेर गम्भीर घाइते बनाएको घटनापछि पर्सा क्षेत्र नम्बर २ का सांसद सुशिल कुमार कानुले उनकाे सम्पुर्ण उपचारकाे जिम्मा लिदैँ दोषीलाई कार्वाही गराउन प्रतिवद्धता जनाएका छन् ।
सांसद कानुले गम्भीर घाइते हरिकला साहनीलाई गण्डकस्थित एल.एस. न्यूरो हस्पिटलमा भेटेर उपचारमा संलग्न चिकित्सक टिम र प्रशासनसँग समन्वय गरी उनकाे उपचारमा लग्ने सम्पुर्ण खर्च व्यवस्थापन गराउने प्रतिबद्धता जनाएका हुन् । यसका साथै उनले घटनापछि बिरामीको स्वास्थ्य अवस्था र उपचारका लागि आवश्यक सबै सहयोग सुनिश्चित गरिने बताएका छन् । सांसद कानुले, यस्तो क्रुर घटनाले सामाजिक चेतनामा ठूलो धक्का पुर्याएको बताए उनले “आधुनिक युगमा समाजमा यस्तो क्रुर घटना हुनु लाजस्पद रहेकाे बताएका थिए ।
यस्ताे घटना घटाउने उपर कानुन बमोजिम कडा कारवाही गर्न प्रहरीसँग समन्वय गरेकाे सांसद सुशिल कुमार कानुले जानकारि गराएका थिए । यस्ताे हिसाँमा परेकी बहिनीकाे उपचार र सुरक्षा दुवै सुनिश्चित गरिने उनले बताए । यता पर्सा प्रहरीका अनुसार, घटनामा संलग्न उनका श्रीमान् विश्वराज साहनीले विदेश जान ससुराले पैसा नदिएको रिसमा आफ्नी पत्नी हरिकला साहनीको हात, खुट्टा र मुख बाँधेर धारिलो हतियार प्रयोग गरी देब्रे खुट्टा काटेका थिए । घटना पश्चात उनी जंगलतर्फ भाग्दै फरार भएकाे प्रहरीले जनाएकाे छ ।
फरार विश्वराज साहनीलाई खोजि भइरहेकाे पर्सा प्रहरीले जनाएकाे छ ।