अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज खुलाउन ४८ घण्टाको समयसीमा दिएकोमा त्यो समयसीमा सकिनै लागेको अवस्थामा इरानले कडा जवाफ दिएको छ ।
ट्रम्पले हालै दिएको अल्टिमेटममा हर्मुज जलमार्ग पूर्ण रूपमा उन्मुक्त रूपमा खोल्न नभए अमेरिकाले इरानी ऊर्जा संरचना, विशेष गरी पावर प्लान्टहरूमा आक्रमण गर्ने चेतावनी दिएका थिए । यदि इरानले ४८ घण्टा भित्र उक्त मार्ग खुला नगरे अमेरिकाले “ऊर्जासम्बन्धी केन्द्रहरू ध्वस्त पार्ने” रणनीति अपनाउन सक्ने बताइएको थियो ।
तर इरानी नेतृत्वले ट्रम्पको धम्कीको विपरित जवाफ दिंदै, यस्तो कुनै पनि आक्रमणको सामना गर्न तयार रहेको स्पष्ट पारेको छ । इरानी अधिकारीहरूले खाड़ी क्षेत्रभर रहेका ऊर्जा, तेल, प्रविधि र जलप्रशोधन केन्द्रहरूलाई निशाना बनाउने चेतावनी समेत दिएका छन् । साथै, आवश्यक परे स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा बन्द गर्ने निर्णय लिन सक्ने संकेत पनि गरेका छन् ।
इरानी राष्ट्रपति तथा उच्च सैन्य कमानले अमेरिकी धम्की र आक्रमणको स्थितिमा आफ्नो भू–रक्षा एकतालाई थप बलियो बनाएको दावी गरेका छन् र युद्धभूमि जस्तै खतरा सामना गर्न सक्षम रहेको बताएका छन् ।
स्ट्रेट अफ हर्मुज मध्य पूर्वको सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ जहाँ विश्वको ठूलो भाग तेल र ग्यासको आपूर्ति बहिरिन्छ । यस मार्गमा अवरोधले वैश्विक ऊर्जा बजार र अन्तरराष्ट्रीय राजनीति दुवैमा ठूलो प्रभाव पार्ने सम्भावना छ ।