प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वीरगन्जमा जारी खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई १६१ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनाएको हो। सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, किरण ठगुन्ना र नारायण जोशीले २३–२३ रन बनाएका छन् भने अशोक धामीले १९ रन थपेका थिए ।
मधेस प्रदेशका लागि अरनिको यादवले तीन विकेट लिए भने प्रदीप पासवानले दुई विकेट लिए । अन्य खेलाडी रुपेश सिंह, आदिल आलम, पवन सर्राफ र डेब्यु खेलाडी आशिक बैदले समान एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको मधेसले चार ओभरमा एक विकेट गुमाएर २० रन जोडेको छ । ओपनर तथा कप्तान अनिल साह १० रनमा आउट भएका छन् । उनको विकेट सुदूरपश्चिमका शेर मल्लले लिएका हुन् ।
खेल अझै रोमाञ्चक मोडमा छ र मधेस प्रदेशले दिएको लक्ष्य पूरा गर्न कस्तो प्रदर्शन गर्नेछ भन्ने कुरामा दर्शकहरू उत्साहित छन् ।