वीरगंजको नारायणी क्रिकेट मैदान मा बुधबार सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ५ विकेटको फराकिलो जित हासिल गरेको छ ।
सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य मधेसले ३३.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेसका लागि अरनिको यादवले अविजित ३६ रन बनाएर सुदूरपश्चिमका ३ विकेट लिएका थिए र खेलको म्यान अफ द म्याच घोषित भए । यस्तै, महम्मद आदिलले ३४ रन र पवन सर्राफले २१ रनको योगदान दिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ४३.२ ओभरमा १६० रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि अभिषेक पलले ३३ रन, नारायण जोसीले २३ रन र किरणले २३ रन बनाए । बलिङतर्फ मधेसका अरनिको यादवले ३ विकेट लिए ।