प्रतिनिधिसभाका अन्य सांसदहरू परम्परागत तथा औपचारिक पोसाकमा शपथ लिन पुगेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )बाट निर्वाचित सांसद रहबर अनसारी भने स्कुल ड्रेसमै उपस्थित भएका छन् ।
उनले आफू स्कुल ड्रेसमा उपस्थित हुनुको कारण अभिभावकप्रति सम्मान व्यक्त गर्नु रहेको बताएका छन् । आफ्ना बुबाआमा तथा छोराछोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने अभिभावकहरूको योगदानको कदर गर्दै यस्तो पोसाक रोजेको उनको भनाइ छ ।
अनसारीको फरक शैलीले शपथग्रहण समारोहमा उपस्थितहरूको ध्यान आकर्षित गरेको छ । साथै, सामाजिक सञ्जालमा पनि उनको यो कदमबारे व्यापक चर्चा भइरहेको छ ।