प्रधानमन्त्री बालेन्द्र शाह को शपथ समारोहमा विभिन्न पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई उपस्थित थिए ।
साथै, अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी थिए ।
तर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समारोहमा उपस्थित भएनन् भने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विदेशमा रहँदा समारोहमा सहभागी हुन सकेनन् ।