नवनियुक्त गृहमन्त्री Sudhan Gurung ले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै सिंहदरबार पुगेर मन्त्री गुरुङले औपचारिक रूपमा पदभार सम्हालेका हुन् ।
पदभार ग्रहणसँगै उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे जानकारी दिँदै सबै कामहरू एकद्वार प्रणालीमार्फत अघि बढाउने बताएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भीआईपी लावालस्करका कारण सर्वसाधारणलाई दुःख दिने कार्य अस्वीकार्य रहेको स्पष्ट पारे ।
‘कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु। जेन–जीको माग अनुसार हामी आएका हौँ । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ उनले भने ।
साथै, सेवा प्रवाह (सर्भिस डेलिभरी) सम्बन्धी गुनासो आउन नदिन कर्मचारीहरूलाई जिम्मेवार र सेवामुखी भएर काम गर्न उनले निर्देशन दिएका छन् ।