पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको निवेदनमाथि काठमाडौँ जिल्ला अदालतमा बहस सकिएको छ ।
सुनुवाइ न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा भएको हो । दुवै पक्षका कानुन व्यवसायीले बहस सकिएसँगै इजलासले म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय दिनेछ । आदेश केही बेरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
प्रहरीले दुवैको म्याद थपका लागि १० दिनको समय माग गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्ले ले अदालतमा दुवैलाई पेस गरी १० दिनको म्याद थपको निवेदन दायर गरिएको जानकारी दिएका छन् ।
सुनुवाइको क्रममा ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो ।