इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । कुवेतस्थित एक पावर डिसेलिनेशन प्लान्टमा भएको आक्रमणमा उक्त भारतीय कामदारको ज्यान गएको हो ।
कुवेतको विद्युत तथा जल मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत् आक्रमणमा एक भारतीय कामदारको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार आक्रमणबाट प्लान्टमा ठूलो क्षति पुगेको छ भने अत्यावश्यक सेवा सुचारु राख्न प्राविधिक टोली परिचालन गरिएको छ ।
यद्यपि मन्त्रालयकी प्रवक्ता इन्जिनियर फातिमा अब्बास जोहर हाइताले भवनमा भने ठूलो संरचनात्मक क्षति नभएको बताएकी छन् ।