सरकारले संविधान संशोधनको पहल थालेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार उक्त कार्यदलको संयोजक प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रहनेछन् ।
प्रधानमन्त्री बालेन्द्र शाह ले यसअघि नै असिम शाहलाई राजनीतिक सल्लाहकार नियुक्त गरिसकेका छन् । प्रवक्ता पोखरेलका अनुसार कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू सदस्यका रूपमा रहनेछन् ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद का दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।