संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् सचिवालयका महासचिव Padma Prasad Pandey को कार्यकक्षमा बस्नेछ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सोही बैठक सञ्चालनको तयारीस्वरूप महासचिव पाण्डेले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संघीय संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ ।
आगामी प्रतिनिधिसभा बैठकले सभामुख चयन प्रक्रियालाई अगाडि बढाउनेछ । साथै, राजनीतिक दलहरूको सहमतिमा शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने अभ्यास पनि रहनेछ ।
यसपटकको प्रतिनिधिसभामा Rastriya Swatantra Party, Nepali Congress, CPN-UML, Communist Party of Nepal, Shram Sanskriti Party र Rastriya Prajatantra Party गरी ६ दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् । साथै, Mahabir Pun स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, एमाले २५ सिटसहित तेस्रो र नेकपा १७ सिटसहित चौथो दल बनेका छन् ।