सप्तरी | सप्तरीको राजविराज नगरपालिकास्थित गजेन्द्र नारायण सिंह अस्पताल को पश्चिमतर्फको वर्षौँदेखि बन्द रहेको गेट मंगलबारदेखि सञ्चालनमा आएको छ ।
अस्पतालमा रहेका दुईमध्ये पश्चिमतर्फको पुरानो गेट बन्द हुँदा बिरामी तथा तीर्थयात्रीहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो । सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रामजी यादव को पहलमा गेट खोल्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता खेलनान्द दास ले जानकारी दिए ।
उनका अनुसार दक्षिणतर्फको एउटामात्र गेट सञ्चालनमा रहँदा उत्तर र पश्चिमबाट आउने बिरामी तथा आफन्तलाई असुविधा भइरहेको थियो । अस्पताल प्रशासन, स्थानीय प्रशासन र चिकित्सकहरूको संयुक्त पहलपछि गेट सञ्चालनमा ल्याउन सम्भव भएको हो ।
अस्पतालका मेसु डा. अबधेश मिश्र ले वर्षौँदेखि बन्द रहेको गेटको वरिपरि झाडी, रूख तथा अनावश्यक सामग्रीले ढाकिएको अवस्थामा रहेको बताउँदै सबैको सहयोगमा गेट पुनः सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिए ।
गेट सञ्चालनमा आएपछि बिरामी र उनीहरूका आफन्तलाई आवतजावतमा सहज भएको छ ।