निधिसभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ ।
एमाले सांसद गुरु बराल बैठकमा विरोध जनाउँदै उठेका थिए। त्यसपछि सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिएका थिए ।
सांसद बरालले संविधान विपरीत रूपमा ओली र लेखकलाई पक्राउ गरिएको आरोप लगाउँदै उनीहरूको रिहाइको माग गरेका थिए ।
उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ । यो गम्भीर आपत्तिको विषय हो ।’
उनले यस विषयलाई लिएर देशव्यापी विरोध भइरहेको र सरकारले दमन गरिरहेको आरोपसमेत लगाए ।
बरालले बैठकमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तत्काल रिहाइको माग गरेका थिए ।