नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले बूढानीलकण्ठस्थित घर बिक्री नभएको स्पष्ट पारेको छ ।
देउवा निवास बिक्री भएको भन्ने गाइँगुइँ फैलिएपछि सचिवालयले बिहीबार उक्त घर बिक्री नगरिएको र बेच्ने कुनै योजना नरहेको जनाएको हो ।
सचिवालयले भनेको छ, ‘बूढानीलकण्ठको देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन । केही सञ्चारमाध्यममा गलत सूचना प्रसारण गर्दै घर बिक्री भएको वा बिक्रीमा राखिएको भनी भ्रामक खबर फैलाइएको छ, जुन सत्य होइन ।’
जेनजी आन्दोलनका क्रममा उक्त निवासमा आगजनीसमेत भएको थियो। पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको उक्त घर ऐतिहासिक महत्वको भएकाले बिक्री नगरिने पनि सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उक्त घर रहेको जग्गा आरजु राणालाई उहाँको माइतीले २०५० सालमा दाइजो स्वरूप खरिद गरिदिएको हो ।