राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्नुपर्ने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्मचारी र सरकार मिलेर प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए । यसअघि बहुमतका सरकार बने पनि अवसरलाई परिणाममा बदल्न नसकेको उनको भनाइ थियो ।
लामिछानेले प्रतिपक्षी दललाई आफूहरूलाई सच्याउन निरन्तर खबरदारी गर्न आग्रह गरे । उनले भने, “हामीमा कुनै अहंकार नहोस्, निर्णय एकतर्फी नहुन् ।”
उनले प्रतिपक्षीको आवाज कमजोर हुन नदिइने पनि स्पष्ट पारे ।