श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘म यहाँ मनको कथा राख्न चाहन्नँ, हामी के गरिरहेका छौं र भोलि के गर्नुपर्छ भन्नेबारे जनताका माग राख्न चाहन्छु,’ उनले भने।
उनले देशको सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै एमसीसीलाई सैन्य रणनीतिक उद्देश्यसँग जोडिएको असमान सन्धी भएको दाबी गरे ।
‘देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ,’ उनले भने ।