प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेस गरिएको छ ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् ।
यसैगरी बैठकमा सभाका ज्येष्ठ सदस्य तथा सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाएका थिए ।
आजकै बैठकले हालै दिवंगत भएका संविधानसभा तथा प्रतिनिधिसभाका सदस्यहरूप्रति शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।