काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
मन्त्रालयले बिहीबार निर्णय गर्दै नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।
जिम्मेवारीमा खटाइएका अधिकांश कर्मचारी विभिन्न मन्त्रालयमा कार्यरत थिए। नयाँ सरकार गठनसँगै रिक्त रहेका स्थानमा प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई तीव्रता दिइएको हो । यस क्रममा मन्त्री प्रतिभा रावलले नियुक्ति प्रक्रिया अघि बढाएकी छन् ।
यसअघि विभिन्न जिल्लाका समन्वय समिति तथा नगरपालिकाहरूमा समेत ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइसकिएको मन्त्रालयले जनाएको छ ।
बिहीबार खटाइएका ७८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको नामावली मन्त्रालयले सार्वजनिक गरेको छ ।
यस्तो छ सूची






