निर्वाचन आयोग ले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।
आयोगको गत चैत १८ गते बसेको बैठकले मतदाता नामावली सङ्कलन कार्यक्रम पुनः सुरु गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकहरूले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनमार्फत नै आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ ।
यसका साथै, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।