राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गरेका हुन् । सभामुख पदका लागि अर्यालको नाम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।
अन्य कुनै उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध रूपमा सभामुखमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित सभामुख अर्यालले संसदको गरिमा र निष्पक्षता कायम राख्दै प्रभावकारी रूपमा सदन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।