प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्ने भएका छन् ।
रामचन्द्र पौडेलले राष्ट्रपति निवास शीतल निवासमा अर्याललाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ ग्रहणपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।
गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्र उम्मेदवारी परेको थियो । सोही आधारमा प्रतिनिधि सभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए ।
सभामुखको अर्को बैठक भोलि बस्नेछ। सो बैठकदेखि नवनिर्वाचित सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नेछन् ।