सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बैठकमा विभिन्न अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली ( पहिलो संशोधन )’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ( पहिलो संशोधन )’ र ‘नेपाल विशेष सेवा ( दोस्रो संशोधन )’ अध्यादेश, २०८२ स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा लिलाकुमारी भण्डारी लाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।
साथै, प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।