सरकारले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूको सञ्चालन समयसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ ।
मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार आजदेखि सरकारी कार्यालयहरू बिहान ९:०० बजे खुल्ने र अपराह्न ५:०० बजेसम्म सञ्चालन हुनेछन् ।
गृह मन्त्रालयले सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय राजपत्रमा प्रकाशन गर्दै चैत २३ गतेदेखि नयाँ समयतालिका कार्यान्वयनमा आएको जानकारी दिएको हो ।
यससँगै सरकारले हप्तामा दुई दिन — शनिबार र आइतबार — सार्वजनिक बिदा दिने निर्णयलाई पनि औपचारिक रूपमा निरन्तरता दिएको छ ।
यद्यपि, प्रत्येक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको अवधिमा भने कार्यालय समय बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म मात्र रहने राजपत्रमा उल्लेख गरिएको छ ।