अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सार्वजनिक पूर्वाधारमाथि आक्रमणको धम्की दिएसँगै कच्चा तेलको मूल्य फेरि बढेको बीबीसीले जनाएको छ ।
अस्ति शनिवार ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग नखोल्नेमाथि इरानमाथि व्यापक आक्रमणको चेतावनी दिएका थिए। यस अभिव्यक्तिसँगै तेलको मूल्य फेरि उकालो लागेको छ ।
विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुड तेल १.४ प्रतिशतले बढेर १ सय १०.६० डलर प्रति ब्यारेल पुगेको छ ।
यसैबीच अमेरिकी विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरूले पुल र ऊर्जा केन्द्रमाथिको सम्भावित आक्रमणलाई ‘युद्ध अपराध’ भन्दै यस्ता धम्की बन्द गर्न ट्रम्पलाई चेतावनी दिएका छन् । ट्रम्पले हर्मुज जलमार्ग खोल्न इरानलाई पटकपटक धम्की दिँदै आएका छन् ।