इरानले Iran, United States र Israelबीच जारी द्वन्द्व ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित नयाँ शान्ति प्रस्ताव अघि सारेको छ ।
इरानको सरकारी समाचार एजेन्सी Islamic Republic News Agency (आई.आर.एन.ए.)का अनुसार उक्त प्रस्ताव Pakistanमार्फत अघि सारिएको हो ।
यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावको करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले आफ्नो धारणा सार्वजनिक गरेको BBCले जनाएको छ ।
यसबीच अमेरिकी राष्ट्रपति Donald Trumpले समुद्री मार्ग Strait of Hormuz खुला गर्न इरानलाई मंगलबारसम्मको समयसीमा दिएका थिए । उक्त मार्ग नखोलिए इरानका पूर्वाधारहरू, विशेषगरी विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्ने चेतावनीसमेत दिएका थिए ।
म्याद सकिनुभन्दा एक दिनअघि इरानले युद्ध अन्त्यका लागि शान्ति सन्देश पठाएको हो ।
अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता Esmail Baghaeiले मध्यस्थमार्फत सन्देश आदान–प्रदान भएको पुष्टि गरेका थिए। तर उनले तेहरानले अमेरिकाको १५ बुँदे योजना अस्वीकार गरेको बताएका थिए ।
आई.आर.एन.एका अनुसार इरानले प्रस्तुत गरेको १० बुँदे जवाफमा तत्काल युद्धविरामको अवधारणालाई ‘विगतका अनुभव’ उल्लेख गर्दै अस्वीकार गरिएको छ । यसको सट्टा इरानले आफ्नै सर्तमा दीर्घकालीन समाधान आवश्यक रहेकोमा जोड दिएको छ ।
तेहरानले अघि सारेको प्रस्तावमा क्षेत्रीय द्वन्द्व अन्त्य, Strait of Hormuzमार्फत सुरक्षित आवागमन सुनिश्चित गर्ने, युद्धपछिको पुनर्निर्माण र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने लगायतका माग समेटिएका छन् ।