सार्वजनिक स्थानमा एक वृद्धलाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको काठमाडौंको वसन्तपुर क्षेत्रको भिडियोका आधारमा प्रहरीले घटनाको छानबिन अघि बढाएको थियो ।
छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट अभद्र व्यवहारसम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवा मार्फत थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।