पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई का अनुसार ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो ।
प्रहरीका अनुसार अबको निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकहरूले गर्नेछन् ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत थिए ।
यसैबीच ओलीकी पत्नी राधिका शाक्य ले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालत ले चैत २३ गते बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो ।
अदालतले तोकिएको समयभित्र अनुसन्धान नसकिएमा शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो ।
प्रहरीले नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।