प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा उनले राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै उपसभामुख पद हासिल गरेकी हुन् । सभामुख डीपी अर्यालले निर्वाचन परिणाम सभालाई औपचारिक रूपमा जानकारी गराएका थिए ।
रुबीकुमारी ठाकुरलाई उनको दल श्रम संस्कृति पार्टीसँगै सत्तारुढ गठबन्धनका रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन प्राप्त थियो । यता राप्रपाले भने एकल प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमालेले निर्वाचन प्रक्रियामा भाग नलिएको जनाइएको छ ।
आजको बैठकमा कुल २५६ सांसद उपस्थित रहेका थिए । तीमध्ये रुबीकुमारी ठाकुरको पक्षमा २२९ मत खसेको थियो। विपक्षमा ५ मत परेको थियो भने २२ सांसद तटस्थ बसेका थिए । राप्रपाकी सरस्वती लामाको पक्षमा ५ मत मात्र खसेको थियो भने ३७ सांसद तटस्थ बसेको जनाइएको छ ।
निर्वाचन परिणामसँगै प्रतिनिधिसभाले नयाँ उपसभामुख पाएको छ ।