नैतिक चरित्रमाथि प्रश्न उठाउँदै स्तम्भकार कुमार बन्धु रूपाखेतीले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको हातबाट पुरस्कार लिन अस्वीकार गर्नु भएको छ ।
प्रतीक दैनिकको ३८औं वार्षिकोत्सवको पुरस्कार वितरण समारोहमा वीरगंज महानगरका मेयर राजेशमान सिंहलाई प्रमुख अतिथि बनाएकाे भन्दै स्तम्भकार कुमार बन्धु रूपाखेतीले पुरस्कार लिन अस्वीकार गर्नु भएको हाे ।
सम्मान गरेकोमा प्रतीक परिवारलाई धन्यवाद दिदै उहाँले सामाजिक र आर्थिक रूपमा विवादास्पद मेयर राजेशमान सिंहको हातबाट सम्मान ग्रहण गर्नु मेरो अन्तरआत्माले नस्वीकारेकाले वीरगंजमै भएर पनि पुरस्कार ग्रहण गर्न नगएकाे बताउनु भएको छ । पुरस्कार ग्रहणमा पहिल्यै मेयर प्रमुख अतिथि तय भएपछि समाजिक र अार्थिक रूपमा विवादित मेयरको हातबाट सम्मान लिनु भन्दा समान्य नागरिककाे हातबाट सम्मान लिनु सराहनीय रहेको बताउदैँ सम्मान थाप्न नगएकाे बताउनु भएको छ ।
महानगरका मेयर राजेशमान सिंहले सरकारी कागजात किर्ते गरेर अर्काकी छाेरीलाई नागरिकता बनाइदिएका छन् भने कार्वाहीबाट जाेगिन गृह मन्त्रालयकाे छानबिन समिति अगाडि दोस्रो श्रीमती समेत स्वाकारेका छन् । जबकि जिल्ला अदालत पर्सामा अंश कायम गर्न दिएकाे निवेदनलाई भने ढिसमिस गरिदिएको छ ।
पद र पैसाको बलमा विवादास्पद क्रियाकलापका मेयर जाेगिदै अाएका छन् ।