वीरगंजमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका अटो रिक्साका कारण मुख्य सडक तथा चोकहरूमा ट्राफिक जामको समस्या बढ्दै गएको छ। विशेषगरी घण्टाघर क्षेत्र, घण्टाघरदेखि शिव आँखा अस्पताल जाने सडक र घण्टाघर–रेलवे रोडमा अटो रिक्साको जामले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
घण्टाघर क्षेत्र वीरगंजको व्यस्त स्थानमध्ये एक हो। यहाँ दैनिक ठूलो संख्यामा सर्वसाधारण, यात्रु तथा सवारीसाधनको आवागमन हुने गर्छ। तर, सडकमा अटो रिक्साको अव्यवस्थित आवागमन तथा रोकिएका कारण यातायात व्यवस्थापनमा समस्या देखिने गरेको छ।
विशेषगरी घण्टाघरदेखि शिव आँखा अस्पताल जाने सडक र रेलवे रोडमा अटो रिक्साको भीडले सवारीसाधनको आवागमन प्रभावित हुने गरेको छ। यसबाट पैदलयात्रु, मोटरसाइकल चालक तथा अन्य सवारीसाधनका यात्रुले समेत असहजता भोग्नुपरेको छ।
अटो रिक्साको बढ्दो चापलाई व्यवस्थित गर्न प्रभावकारी व्यवस्था नहुँदा ट्राफिक जामको समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ। अटो रिक्साका लागि निश्चित पार्किङस्थल, यात्रु चढाउने तथा ओराल्ने स्थान र व्यवस्थित रुट निर्धारण गर्न सके समस्या कम गर्न सकिने देखिन्छ।