सरकारले राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमा संविधान संशोधन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।
सोमबार संघीय संसद् को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले संविधान संशोधनका साझा विषय पहिचान गरी बहसपत्र तयार गरिने बताएका हुन् ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गर्दै भने, “सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिनेछ ।”
यसअघि सरकारले प्रधानमन्त्री बालेन्द्र शाह का राजनीतिक सल्लाहकार असिम शाह को नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरिसकेको छ । कार्यदलले आफ्नो काम अघि बढाइसकेको जनाइएको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत संविधान संशोधनको विषयलाई प्राथमिकताका साथ समेटेको छ ।