आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।
पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् । उनीहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई गम्भीर विषय भन्दै विरोध जनाएका हुन् । नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूचीअनुसार प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भए पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका छन् ।
सांसदहरूले प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै संसद्भित्र विरोध जनाउँदै राजीनामा समेत माग गरेका छन् । उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै बैठकमा अवरोध जारी राखेका छन् ।