संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।आजको प्रतिनिधिसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।सरकारले हरेक वर्ष बजेट सार्वजनिक गर्नुअघि संघीय संसदका दुवै सदनमा बजेटका सिद्धान्त, प्राथमिकता तथा कार्यक्रमबारे सांसदहरूको सुझाव लिने प्रचलनअनुसार आजदेखि छलफल सुरु हुन लागेको हो ।संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
बजेटअघि संसदमा हुने छलफललाई सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता तय गर्न महत्त्वपूर्ण मानिन्छ ।