मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया अन्तर्गत उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ ।
संसदीय सुनुवाइ समितिले मंगलबार उजुरीकर्तासँग छलफल सम्पन्न गरेपछि अब केही बेरमै शर्माको सुनुवाइ गर्ने तयारी गरेको जनाएको छ ।डा। शर्माविरुद्ध समितिमा कुल १६ वटा उजुरी दर्ता भएका छन् । उजुरीकर्ताहरूले उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउनुका साथै कार्यक्षमतामाथि पनि आशंका व्यक्त गरेका छन् ।समितिले उजुरीकर्तासँगको छलफलपछि प्राप्त सुझाव र आरोपबारे समीक्षा गर्दै प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने तयारी गरेको हो । सुनुवाइपछि समितिले आफ्नो निष्कर्षसहित सिफारिस गर्नेछ ।यसअघि वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा।
मनोज शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।