दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतको आदेशपछि रिहा गरिएको छ । उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेत ले जानकारी दिएका छन् ।
प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । केही दिनअघि वीरगञ्जस्थित होटल दियालोबाट उनलाई पक्राउ गरिएको थियो ।
अदालतको आदेशअनुसार प्रक्रिया पूरा गरी प्रसाईंलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।