गणतन्त्र दिवस २०८३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
काठमाडौंको टुँडिखेलमा आयोजित मूल समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले विशेष प्रस्तुति दिएका छन् । साथै सांस्कृतिक झाँकी, बाजागाजा तथा राष्ट्रिय भावनालाई झल्काउने कार्यक्रमसमेत प्रस्तुत गरिएको छ ।