सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् । यो निर्णयसँगै निजी क्षेत्रले अब विद्युत् उत्पादन मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा व्यापारसमेत गर्न पाउने बाटो खुल्ने भएको छ ।
सरकारको यस नीतिले ऊर्जा क्षेत्रलाई प्रतिस्पर्धी बनाउने र निर्यात क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ ।