नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूले बताएका छन् ।