शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपा महाधिवेशनमा डा. तोशिमा कार्कीले निःशुल्क कन्डम बाँडेको भन्दै भाइरल तस्विर एआई निर्मित भएको पुष्टि
रास्वपा महाधिवेशनमा डा. तोशिमा कार्कीले निःशुल्क कन्डम बाँडेको भन्दै भाइरल तस्विर एआई निर्मित भएको पुष्टि
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असार ८, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौं । आइतबार दिउँसोदेखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा नेतृ डा. तोशिमा कार्कीको एउटा फोटो भाइरल बनेको छ । उक्त फोटोमा उनलाई हातमा अस्थायी गर्भनिरोधक साधन (कन्डम) जस्तो देखिने वस्तु लिएको देखाइएको भन्दै महाधिवेशन स्थलमा निःशुल्क कन्डम वितरण गरेको दाबी गरिएको थियो ।

एउटा राजनीतिक पार्टीको महाधिवेशन स्थलमा खिचिएको भनिएको उक्त तस्विर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएपछि यस विषयमा चासो बढेको थियो ।

यसैबीच टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानअनुसार उक्त तस्विर वास्तविक नभई एआई टुल प्रयोग गरी सम्पादन गरिएको पुष्टि भएको छ । अनुसन्धानमा मूल तस्विरमा रहेको वस्तु हटाएर त्यसको स्थानमा कन्डमको प्याकेट राखी भ्रामक रूपमा सम्पादन गरिएको पाइएको छ ।

फ्याक्टचेक निष्कर्षअनुसार मूल फोटोमा देखिएको हाते पंखा हटाई डिजिटल रूपमा सम्पादन गरी गलत सन्देश फैलाउने उद्देश्यले तस्विर भाइरल बनाइएको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोशिमा कार्कीको एक तस्विर सामाजिक सञ्जालमा भाइरल बनेपछि गरिएको अनुसन्धानमा उक्त तस्विर एआई टुल प्रयोग गरी सम्पादन गरिएको पुष्टि भएको छ ।

सामाजिक सञ्जालमा फैलिएको उक्त तस्विरमा उनलाई हातमा अस्थायी गर्भनिरोधक साधन (कन्डम) लिएको देखाइएको भन्दै निःशुल्क कन्डम वितरण गरेको दाबी गरिएको थियो। तर तथ्य जाँचका क्रममा उक्त दाबी भ्रामक भएको पाइएको छ ।

अनुसन्धानका क्रममा भाइरल तस्विरलाई ओपनएआईको रिसर्च भेरिफाई टुलमा परीक्षण गर्दा सो तस्विर एआई टुल (च्याटजीपीटी) मार्फत सम्पादन तथा तोडमोड गरिएको देखिएको हो ।

यसैबीच, तस्विर विभिन्न फेसबुक पेज तथा प्रयोगकर्ताले ‘नेपाल फोटो लाइब्रेरी’ लाई उद्धृत गर्दै शेयर गरेको देखिएपछि सम्बन्धित पेजमा पनि खोजी गरिएको थियो। सो क्रममा २१ जुन २०२६ को दिउँसो २:४७ बजे प्रकाशित मिल्दोजुल्दो मूल तस्विर फेला परेको छ ।

‘रास्वपा महाधिवेशनमा डा. तोसिमा कार्कीको संयोजनमा तीन स्थानमा हेल्थ डेस्क’ शीर्षकसहित प्रकाशित उक्त वास्तविक तस्विरमा भाइरल बनाइएको संस्करणमा देखिएजस्तो कन्डम नभई डा. कार्कीको हातमा अन्य सामग्री देखिएको पाइएको छ ।

फ्याक्टचेक निष्कर्ष अनुसार मूल तस्विरलाई डिजिटल रूपमा सम्पादन गरी गलत सूचना फैलाउने उद्देश्यले भ्रामक रूपमा प्रयोग गरिएको पुष्टि भएको छ ।

 

नेपाल फोटो लाइब्रेरीले खिचेको तस्विरलाई एआई टुलको सहयोगमा तोडमोड गरी भ्रामक रूपमा सामाजिक सञ्जालमा फैलाइएको भन्दै सम्बन्धित पक्षले आपत्ति जनाएको छ ।

नेपाल फोटो लाइब्रेरीका प्रकाशचन्द्र तिमिल्सेनाले आफूहरूले खिचेको आधिकारिक तस्विर अनधिकृत रूपमा सम्पादन गरी असान्दर्भिक बनाउँदै पुनः प्रकाशन गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनका अनुसार, “यी तस्बिरहरू नेपाल फोटो लाइब्रेरीका आधिकारिक तस्बिर हुन् । यसमा अनधिकृत रूपमा छेडखानी गरी, भ्रामक सन्देश प्रवाह हुने गरी तथा नेपाल फोटो लाइब्रेरीलाई समेत क्रेडिट दिई फेसबुकमा पोस्ट गरिएको पाइएकाले त्यस्ता सम्पूर्ण पोस्ट तत्काल हटाउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ। यदि यस्ता पोस्टहरू निरन्तर रूपमा देखिएमा वा पुनः प्रकाशन गरिएको पाइएमा सम्बन्धित व्यक्ति वा पेजविरुद्ध आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र यस सम्बन्धमा प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरी साइबर ब्युरोलाई औपचारिक जानकारी गराइनेछ ।”

यसैबीच, उक्त तस्विरबारे प्रतिक्रिया लिन डा. तोशिमा कार्कीसँग सम्पर्क गर्दा उनले नेपाल फोटो लाइब्रेरीले खिचेको आफ्नो तस्विरमा देखिएको वस्तु हाते पंखा भएको स्पष्ट पारेकी छन्।

उनले भनिन्, “यो नियत र सोचाइको विषय हो। त्यसैले हामी समाजकै नैतिक चरित्र र सोचमै परिवर्तन आवश्यक छ भनेर यसरी लागिरहेका छौँ। यसलाई उजुरीको विषय बनाएर ठूलो बनाइराख्नुपर्ने आवश्यकता पनि छैन।”

यस घटनाबाट नेपाल फोटो लाइब्रेरीले खिचेको डा. तोशिमा कार्कीको तस्विरलाई एआई टुलको सहयोगमा तोडमोड गरी भ्रामक रूपमा फैलाइएको पुष्टि भएको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १७:१२
#नेपाल #राष्ट्रिय स्वतन्त्र पार्टी #सामाजिक सञ्जाल #रास्वपा #काठमाडौं #भ्रामक सूचना #तोशिमा कार्की #फेक फोटो #एआई एडिट #फ्याक्टचेक
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा शुक्रबार, असोज ३०, २०८३
कांग्रेस महाधिवेशन : पर्साका चार नेता केन्द्रीय सदस्यमा निर्वाचित, दुई पराजित
कांग्रेस महाधिवेशन : पर्साका चार नेता केन्द्रीय सदस्यमा निर्वाचित, दुई पराजित शुक्रबार, असोज ३०, २०८३
पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा
पार्टीको कार्यशैली बदल्न नियमित प्रशासनिक कामबाट अलग रहने गगन थापाको घोषणा शुक्रबार, असोज ३०, २०८३
प्रहरी दिवसमा प्रधानमन्त्री बालेन अनुपस्थित, शुभकामना सन्देश पठाए
प्रहरी दिवसमा प्रधानमन्त्री बालेन अनुपस्थित, शुभकामना सन्देश पठाए शुक्रबार, असोज ३०, २०८३
कांग्रेसभित्रको फोहोर सफा गरेर पार्टीलाई अघि बढाउँछौं :सभापति थापा
कांग्रेसभित्रको फोहोर सफा गरेर पार्टीलाई अघि बढाउँछौं :सभापति थापा शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने शुक्रबार, असोज ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? वीरगंज सिटी
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित)
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित) वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद वीरगंज सिटी
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP