मधेशमा बाढीपहिरो र डुबानका कारण ५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
धानखेत, सागसब्जी, माछापालन, र पशुपक्षीमा ठूलो नोक्सानी पुगेको छ । कृषि विकास निर्देशनालयका अनुसार ४२ हजार हेक्टर क्षेत्रको धानबाली नष्ट भएको छ। सप्तरी, सिरहा, रौतहट, बारा लगायतका जिल्लामा सबैभन्दा धेरै क्षति भएको हो ।
रौतहटमा मात्र १० हजार हेक्टरभन्दा बढी धानबाली नष्ट हुँदा १ अर्ब २२ करोडको क्षति भएको छ । भने मधेस प्रदेशकाे ८ जिल्लामा ५ अर्ब बढीको क्षति भएको छ ।