पोर्चुगल र क्रोएसियाबीच भएको खेलका क्रममा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको मुटुको धड्कन प्रतिमिनेट १५७ पटकसम्म पुगेको खुलासा भएको छ ।
स्पेनको चर्चित खेलकुद दैनिक मार्काले प्रकाशित गरेको रिपोर्टअनुसार खेलको अत्यधिक प्रतिस्पर्धा, शारीरिक परिश्रम तथा मानसिक दबाबका कारण रोनाल्डोको मुटुको धड्कन सामान्य अवस्थाभन्दा निकै बढेको देखिएको हो ।
स्वस्थ व्यक्तिको मुटुको धड्कन सामान्य अवस्थामा प्रतिमिनेट करिब ७० देखि ८० पटक रहने चिकित्सकीय मान्यता छ । तर उच्च प्रतिस्पर्धात्मक खेलका क्रममा खेलाडीको शरीरमा पर्ने शारीरिक र मानसिक दबाबका कारण मुटुको धड्कन उल्लेखनीय रूपमा बढ्ने गर्छ । रिपोर्टमा सार्वजनिक गरिएको तथ्यांकअनुसार क्रोएसियाविरुद्धको खेलमा रोनाल्डोको मुटुको धड्कन अधिकतम प्रतिमिनेट १५७ पटकसम्म पुगेको थियो ।
उक्त तथ्यांकले खेलका क्रममा उनले सामना गरेको शारीरिक तथा मानसिक चुनौतीलाई स्पष्ट रूपमा देखाएको खेल विश्लेषकहरूले बताएका छन् ।