काठमाडौं । इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको शवयात्रा सोमबार बिहान राजधानी तेहरानमा सुरु भएको छ। शवयात्रामा हजारौँ नागरिक सहभागी भएका छन् ।
खामेनीको शव तेहरानस्थित ग्रान्ड मोसल्लाबाट शवयात्राका लागि निकालिएको हो। करिब १० किलोमिटर लामो शवयात्रा सम्पन्न गर्न १० देखि १२ घण्टा लाग्ने अनुमान गरिएको छ ।
शवयात्रा सम्पन्न भएपछि खामेनीको शव थप धार्मिक अनुष्ठानका लागि पवित्र सहर कोम लगिने कार्यक्रम रहेको जनाइएको छ। शवयात्रा मार्गभरि कडा सुरक्षा व्यवस्था गरिएको छ ।
शवयात्रामा उच्च सरकारी अधिकारी, धार्मिक नेता, वरिष्ठ सैन्य अधिकारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको छ। सहभागीहरूले खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ दिएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा अयातोल्लाह अली खामेनी परिवारसहित मारिएको दाबी गरिएको थियो। त्यसयता उनको निधनसँग सम्बन्धित धार्मिक तथा राजकीय कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
शवयात्राको भिडिओ