काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारी आयुर्वेद औषधिको उत्पादन वृद्धि गर्दै स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिएकी छन् ।
आइतबार काठमाडौंस्थित नरदेवी आयुर्वेद चिकित्सालय तथा अस्पतालमा सञ्चालित सरकारी वैद्यखानाको निरीक्षण गर्दै मन्त्री मेहताले आयुर्वेद उपचार सेवा, योग तथा प्राकृतिक चिकित्सा, औषधि उत्पादन, भण्डारण, प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी हुन् ।
निरीक्षणका क्रममा उनले नागरिकले गुणस्तरीय, सहज र भरपर्दो आयुर्वेद सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिइन् ।
मन्त्री मेहताले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गरी सरकारी वैद्यखानाबाट आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले उत्पादन क्षमता वृद्धि गर्दै सरकारी स्वास्थ्य संस्थाहरूमा आवश्यक आयुर्वेद औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने बताइन् ।
उनले नेपालमा प्रशस्त पाइने जडीबुटीको वैज्ञानिक उपयोग, प्रशोधन र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधिलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै यसका लागि मन्त्रालय आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।
मन्त्री मेहताले स्वदेशी स्रोत र साधनको प्रभावकारी उपयोग गर्दै आयुर्वेद क्षेत्रलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)