लामो समयदेखि जडान हुन नसकेको नारायणी अस्पतालको क्याथ ल्याब (Cath Lab) मेसिन अब जडानको अन्तिम चरणमा पुगेको छ । २०७६ चैतमा खरिद गरिएको उक्त उपकरण विभिन्न कारणले हालसम्म सञ्चालनमा आउन सकेको थिएन ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार क्याथ ल्याब जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उपकरण जडान सम्पन्न भएसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशका साथै आसपासका जिल्लाका सेवाग्राहीले मुटुरोगको परीक्षण तथा उपचारका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसबाट आफ्नै प्रदेशमा गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिइएको छ ।
नारायणी अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएपछि एन्जियोग्राफी, एन्जियोप्लास्टीलगायत मुटुरोगसम्बन्धी अत्याधुनिक सेवाहरू उपलब्ध गराउन सहज हुने जनाइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उपकरण जडान सम्पन्न भएपछि आवश्यक जनशक्ति व्यवस्थापन तथा सेवा सञ्चालनका अन्य तयारीलाई पनि तीव्रता दिइने जनाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)