शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • यात्रामा पिसाब रोक्ने बानीले बढाउन सक्छ सङ्क्रमणको जोखिम
यात्रामा पिसाब रोक्ने बानीले बढाउन सक्छ सङ्क्रमणको जोखिम
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, असोज २९, २०८३
A1 Beakery Add A1 Beakery Add

दसैँ–तिहारजस्ता चाडपर्वमा अत्यधिक मासु, नुन र सोडा मिसाइएका पेय पदार्थको सेवनले मिर्गौलामा पत्थरी बन्ने वा पहिले नै रहेको पत्थरीले समस्या निम्त्याउने जोखिम बढ्न सक्छ।

चाडपर्वका बेला खानपान र जीवनशैलीमा हुने लापरबाहीले मिर्गौला तथा पिसाबसम्बन्धी समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । युरोलोजिस्ट डा। सुशील खनियाका अनुसार जनावरबाट प्राप्त हुने प्रोटिन ९एनिमल प्रोटिन० को अत्यधिक सेवन, खानामा नुनको मात्रा बढी हुनु र पर्याप्त पानी नपिउनु मिर्गौलामा पत्थरी बन्ने जोखिमसँग सम्बन्धित छन्। त्यस्तै, मदिरा सेवनले शरीरमा पानीको कमी गराउन सक्ने भएकाले पत्थरी भएका व्यक्तिमा समस्या बढ्न सक्छ ।

बियर पिउँदा धेरै पिसाब लाग्ने भएकाले मिर्गौलाको पत्थरी पिसाबसँगै बाहिर निस्कन्छ भन्ने जनविश्वास गलत रहेको डा। खनिया बताउँछन् । उनका अनुसार मदिराको सेवनले शरीरमा निर्जलीकरण गराउन सक्छ, जसले पिसाबको मात्रा घटाएर पत्थरीसम्बन्धी समस्या बढाउन सक्छ ।

पिसाब रोक्ने बानीले सङ्क्रमणको जोखिम

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चाडपर्वका बेला लामो यात्रा गर्ने, व्यस्त रहने वा पर्याप्त पानी नपिउने कारणले पिसाबसम्बन्धी समस्या देखिन सक्छ। पिसाब लागेको अवस्थामा लामो समयसम्म रोकिराख्ने बानीले विशेषगरी पिसाब थैली पूर्ण रूपमा खाली नहुने व्यक्तिमा सङ्क्रमणको जोखिम बढाउन सक्छ।

डा। खनियाले पिसाब लागेको अवस्थामा अनावश्यक रूपमा रोकिराख्ने बानी त्याग्न सुझाव दिएका छन् । पिसाबसम्बन्धी सङ्क्रमण बारम्बार हुने व्यक्तिले समयमै परीक्षण र उपचार गराउनुपर्ने उनको भनाइ छ ।

५० वर्षमाथिका पुरुषले प्रोस्टेटमा ध्यान दिनुपर्ने

५० वर्षभन्दा माथिका पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या बढी देखिन सक्छ। चाडपर्वका बेला नियमित औषधि छुट्नु, लामो यात्रा गर्नु र पिसाब रोकिराख्नुले पिसाब अड्किने समस्या भएका व्यक्तिलाई थप जटिलता निम्त्याउन सक्छ ।

डा। खनियाका अनुसार प्रोस्टेटको औषधि सेवन गरिरहेका बिरामीले चाडपर्वको बिदाअघि नै औषधिको व्यवस्था गर्नुपर्छ। औषधि सकिनुभन्दा कम्तीमा एक साताअघि नै अस्पताल पुगेर आवश्यक औषधि थप्न उनले सुझाव दिएका छन् ।

त्यस्तै, बढी मसलादार खानेकुरा र कफीले केही व्यक्तिमा पिसाब थैलीको पोलाइ वा असहजता बढाउन सक्ने भएकाले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपानमा ध्यान दिनुपर्ने उनले बताए ।

दैनिक पर्याप्त पानी पिउन सुझाव

मिर्गौलालाई स्वस्थ राख्न पर्याप्त पानी पिउनु महत्त्वपूर्ण रहेको डा। खनिया बताउँछन्। उनका अनुसार सामान्य अवस्थामा वयस्क व्यक्तिले २४ घण्टामा करिब दुईदेखि साढे दुई लिटर पिसाब हुने गरी पानी पिउनुपर्छ। यसका लागि सामान्यतया दैनिक साढे दुईदेखि तीन लिटर पानी आवश्यक पर्न सक्छ।

यद्यपि, पानीको आवश्यकता व्यक्तिको शारीरिक अवस्था, मौसम, शारीरिक गतिविधि र स्वास्थ्य समस्याअनुसार फरक हुन्छ। गर्मीमा धेरै पसिना आउने वा शारीरिक श्रम गर्ने व्यक्तिलाई थप पानी आवश्यक पर्न सक्छ। मुटु वा मिर्गौलाको समस्याका कारण चिकित्सकले पानीको मात्रा सीमित गर्न भनेका व्यक्तिले भने सोही सल्लाह पालना गर्नुपर्छ।

कुन अवस्थामा तुरुन्त अस्पताल जानेरु

डा। खनियाले पिसाबमा रगत देखिएमा त्यसलाई सामान्य रूपमा लिन नहुने बताएका छन्। यस्तो अवस्थामा तत्काल चिकित्सकीय जाँच गराउनुपर्छ ।

त्यस्तै, मिर्गौलामा पत्थरी भएको व्यक्तिलाई उच्च ज्वरो आउने, कोखा अत्यधिक दुख्ने वा बान्ता हुने समस्या देखिएमा तुरुन्त अस्पताल जानुपर्ने उनको सुझाव छ। विशेषगरी मधुमेह भएका वा पत्थरीको समस्या रहेका व्यक्तिमा यस्ता लक्षण देखिएमा सङ्क्रमण गम्भीर हुन सक्ने भएकाले उपचारमा ढिलाइ गर्नु हुँदैन ।

चाडपर्वमा खानपान र औषधिमा सावधानी

चाडपर्व भन्दैमा नियमित औषधि सेवन र सन्तुलित जीवनशैलीमा लापरबाही गर्न नहुने डा। खनियाको सुझाव छ। खानामा नुन कम गर्ने, अत्यधिक मासु सेवन नगर्ने, पर्याप्त पानी पिउने र चिकित्सकले दिएको औषधि नियमित सेवन गर्ने बानीले मिर्गौला तथा पिसाबसम्बन्धी समस्या कम गर्न सहयोग पुग्न सक्छ ।

मोटोपना, मधुमेह, प्रोस्टेटको समस्या, पिसाबको नली साँघुरिने समस्या वा जन्मजात मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिले खानपान र औषधिमा थप सावधानी अपनाउनुपर्ने उनले बताए ।

चाडपर्वको रमझममा स्वास्थ्यलाई बेवास्ता नगरी सन्तुलित खानपान, पर्याप्त पानी र नियमित औषधि सेवनमा ध्यान दिन सके मिर्गौला तथा युरोलोजीसम्बन्धी समस्याको जोखिम कम गर्न सकिने चिकित्सकको सुझाव छ ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १४:३४
#मदिरा सेवन #स्वास्थ्य सचेतना #स्वास्थ्य समाचार #मिर्गौला स्वास्थ्य #मिर्गौलाको पत्थरी #निर्जलीकरण #दसैँ तिहार #डा सुशील खनिया #युरोलोजी #मासुको अत्यधिक सेवन #पिसाबको सङ्क्रमण #प्रोस्टेट समस्या #चाडपर्वको खानपान
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्र
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्र बुधबार, असोज २८, २०८३
नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए, १५ जनामा क्षयरोग पुष्टि
नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए, १५ जनामा क्षयरोग पुष्टि बुधबार, असोज २८, २०८३
दाल र गेडागुडीको प्रोटिनले मासु र अण्डाको आवश्यकता पूरा गर्छ ?
दाल र गेडागुडीको प्रोटिनले मासु र अण्डाको आवश्यकता पूरा गर्छ ? मंगलबार, असोज २७, २०८३
तीस लाख नेपालीलाई बाथरोगको समस्या
तीस लाख नेपालीलाई बाथरोगको समस्या सोमबार, असोज २६, २०८३
दसैँमा लामो यात्रा गर्दै हुनुहुन्छ? साथमा राख्नुहोस् यी औषधि
दसैँमा लामो यात्रा गर्दै हुनुहुन्छ? साथमा राख्नुहोस् यी औषधि सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP