प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान उनको शल्यक्रिया गरिएको हो ।
अचानक पेट दुख्ने समस्या देखिएपछि अस्पताल पुगेकी काफ्लेको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस पुष्टि भएको थियो। त्यसपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया गरेका हुन् ।
अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीरसिंह कंसाकारको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले उनको शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि काफ्लेको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्। उनलाई शल्यक्रियापछि वार्डमा सारिएको अस्पतालले जनाएको छ ।