जनकपुरधाम - बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार ७८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
साहले एक योजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस मागिरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
घटना कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित वडा कार्यालय नजिकै घटेको हो। अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, साहलाई रंगेहात पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ।
अख्तियारको टोलीले घुस लिएको प्रमाणित भएपछि घटनास्थलबाट साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।